मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी

oli cabinet

तेजना पण्डित
काठमाडौं, २५ कात्तिक । भारतले नेपाली भूमि मिचेर राष्ट्रियतामाथि धावा बोलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गर्नु भएको छ ।

पुनर्गठन गर्नेबारे अध्यक्षद्वयले आन्तरिक छलफल गर्नु भएपछि नेकपा भित्र अहिले बहस शुरु भइरहेको छ । प्रधानमन्त्रीले आफ्नो सचिवालय पनि हेरफेर गर्दै हुनुहुन्छ।

केही साता अघि मन्त्रीपरिषद् बैठक मार्फत सातवटै प्रदेश प्रमुखलाई एकसाथ पद मुक्त गर्ने निर्णय भएको थियो । त्यसको एकसाता नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सचिवालयका सवै सदस्यहरुलाई राजीनामा गर्न लगाउनु भयो ।

लगत्तै सर्वपक्षीय बैठक बोलाउनु भयो । अहिले प्रधानमन्त्री ओली मन्त्रिमण्डल पुनर्गठनको तयारीमा हुनुहुन्छ । भारतले नेपालको सीमा अतिक्रमण गरि सडकमा चर्काे विरोधका आवाज उठिरहेको बेला प्रधानमन्त्री मन्त्रीमण्डल पुर्नगठनको तयारीमा लाग्नु भएको हो । यसलाई सर्वसाधारणहरुले सकारात्मक रुपमा लिएका छन् ।

जनतामा निराशा बढ्दै गएपछि र आफ्नै पार्टीभित्रबाट सरकारमाथी आलोचना बढेपछी प्रधानमन्त्री ओली मन्त्रिमण्डल पुनर्गठन गर्ने निष्कर्षमा पुग्नु भएको हो । कार्यसम्पादन मुल्यांकनको आधारमा पुनर्गठन हुन लागेको नेकपा भित्र पनि चर्चा छ ।

सरकारका कामहरु प्रभाबकारी नभइरहेको अवस्थामा मन्त्रीमण्डल पूर्नगठन गर्ने प्रधानमन्त्रीको तयारी हुनु अहिलेको आवस्यकता रहेको राजनीतिक बिश्लेषक डा.विष्णु दाहालको बुझाइ छ ।

मन्त्रिमण्डल पुनर्गठनको काम प्रधानमन्त्रीको क्षेत्राधिकार हो । तर पनि महत्वपूर्ण निर्णय लिंदा पार्टीका दुइ अध्यक्ष वा सचिवालय बैठक मार्फत हुँदै आएको छ । सोमबार बसेको सचिवालय बैठकमा पनि यस विषयमा सामान्य छलफल भएको छ । तर यसलाई बाहिर सार्वजनिक भने गरिएको छैन ।

मन्त्रीमन्डल हेरफेर हुने कुरा चलेको धेरै भइसकेको छ । स्वयं अध्यक्ष प्रचण्डले पनि विभिन्न सार्वजनिक अभिव्यक्ति दिनु भएको थियो । तर पुर्नगठन भने हुन सकिरहेको छैन ।

यसपटक भने हुने संकेत बढेको छ । मुलुकमा दुई तिहाईको कम्युनिष्ट सरकार रहेको बेला भारतले नेपाली भूमि मिचेर नयाँ नक्सा सार्वजनिक गर्नुले प्रधानमन्त्रीलाई दवाव छ । यसको विरोधमा युवाहरु कडारुपमा सडक प्रदर्शनमा ओर्लिसकेको अवस्था छ । यो विरोधलाई मत्थर गर्न पनि प्रधानमन्त्री मन्त्रिमण्डल पुनर्गठन गर्ने निष्कर्षमा पुगिसक्नु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);