मन्त्रिमण्डल पनर्गठनको विषयलाई लिएर नेकपा भित्र दौडधुप सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मन्त्रिमण्डल पनर्गठनको विषयलाई लिएर नेकपा भित्र दौडधुप सुरु

nekapa baithak

तेजना पण्डित
काठमाडौं, ३० कात्तिक । मन्त्रिमण्डलपनर्गठनको विषयलाई लिएर नेकपा भित्र फेरी दौडधुप शुरु भएको छ । प्रधानमन्त्रीबाट पनर्गठनको लागि भएको तयारीको सुँइको थाहा पाउनासाथै सांसदहरु शीर्ष नेताहरुकोमा धाउन शुरु गरेका छन् ।

प्रधानमन्त्रीले पनि पुनर्गठनका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधव कुमार नेपाल, महासचिव बिष्णु पौडेल, वामदेव गौतम लगाएतका नेताहरुसँग सल्लाह गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सचिवालय पुनर्गठन गरे लगत्तै मन्त्रिमण्डल पनि पुनर्गठन गर्न लाग्नु भएको हो । त्यसका लागि उहाँले पार्टी भित्रका वरिष्ठ नेतादेखि आफू निकटका नेताहरुसँगको निरन्तर छलफल गरिरहनु भएको छ ।

प्रधानमन्त्रीको रफ्तार अनुसार काम गर्न नसकेको भन्दै हालको मन्त्रिमण्डलमा महत्वपूर्ण मन्त्रालय सम्हालेका केही मन्त्रीहरुलाई हटाउने तयारी भएका नेकपाका नेताहरु बताउन थालेका छन् ।

कार्यसम्पादनको आधार र लोकप्रियतालाई प्रधानमन्त्रीले आधार बनाउनु भएको प्रधानमन्त्री निकट र अर्का अध्यक्ष प्रचण्ड निकट नेताहरु बताउँछन् ।

मन्त्रिमण्डल पुनर्गठनका लागि प्रधानमन्त्रीले दुई विकल्प सोच्नु भएको छ । सबैलाई राजीनामा दिन लगाउने या केहीलाई मात्र सिधै हटाउने । यो अभ्यास प्रधानमन्त्रीले सचिवालय सदस्य पुनर्गठनबाट गरिसक्नु भएको छ ।

सचिवालय सदस्यहरुले सामूहिक राजीनामा दिए भनेजस्तो गरी अहिलेसम्म मन्त्रीहरुले राजीनामा दिएको भन्ने समाचार बाहिरेको छैन । केहीलाई भने हटाउन संकेत मिलेको नेकपाका नेताहरुबीच कुरा सुनिन्छ ।

नेकपाका केहि नेताहरु भने मन्त्रीमण्डल पुनर्गठन गर्दा सम्पूर्ण मन्त्रीहरुलाई नै राजीनामा दिन लगाएर आवस्यकता अनुकुल मन्त्रीमण्डल गठन गर्न सुझाएका छन् । मन्त्रिमण्डलको पुनर्गठनको तयारीलाई लिएर नेकपा भित्र केहीमा उत्साह बढेको पाइन्छ भने केहीमा भने असन्तुष्टि बढेको पाइन्छ ।

नेकपा भित्र माधव नेपाल समर्थक भनिएका नेताहरुमा अहिले तीव्र असन्तुष्टि देखिन्छ । दुई अध्यक्षले पार्टीमा आफु निकटका नेताहरुलाई मात्र जिम्मेवारी दिन लागेको भन्ने गुनासो उनीहरुमा पाइन्छ ।

तथापी यो गुनासोलाई चिर्न चलाखीपूर्ण रुपमा प्रधानमन्त्री ओलीले पछिल्लो पटक बरिष्ठ नेता माधब कुमार नेपाल, सचिवालय सदस्य बामदेब गौतम महासचिब बिष्णु पौडेल लगाएतका नेताहरुसँग छुट्टा छु्ट्टै छलफल गर्नु भएको छ ।

प्रधानमन्त्री ओली समृद्ध नेपालको सपनालाई आफ्नो कार्यकालमा केही गरेर देखाउने उद्देश्यमा देखिनुहुन्छ । तर यसमा हालको मन्त्रिमण्डलका केही सदस्यहरुबाट प्रभावकारी काम हुन नसकेकोमा प्रधानमन्त्री असन्तुष्ट देखिनुहुन्छ ।

उहाँले बारम्बार आफू निकटका नेताहरुसँग यसवारे गुनासो गर्दै आउनु भएको छ । भारतले नेपाली भूमि मिचेर नयाँ नक्सा सार्वजनिक गरेपछि त प्रधानमन्त्री ओली मन्त्रिमण्डलका सदस्यहरु र सचिवालयका सदस्यहरुसँग झनै रुष्ट हुनुहुन्छ ।

हुन त प्रधानमन्त्रीले यस अघि नै धेरै पटक मन्त्रिमण्डल हेरफेर गर्न नखोज्नु भएको होइन । तर पाटी भित्रको तिव्र गुटबन्दीले गर्न पाउनु भएको थिएन । अब भने छिट्टै पुनर्गठनको तयारीमा प्रधानमन्त्री अघि बढ्नु भएको छ ।

यसबारे प्रधानमन्त्रीले यस अघि बसेको नेकपा सचिवालय बैठकलाई जानकारी गराइसक्नु भएको छ । सम्भवत आइतबार बस्ने सचिवालय बैठकबाटै प्रधानमन्त्री मन्त्रिमण्डल पुनर्गठनको निष्कर्षमा पुग्नु हुने प्रधानमन्त्री निकट नेताहरुको आंकलन छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);