सर्लाहीमा प्रहरीसँग दोहोरो गोली हानाहान हुँदा विप्लवका जिल्ला इञ्चार्जको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

सर्लाहीमा प्रहरीसँग दोहोरो गोली हानाहान हुँदा विप्लवका जिल्ला इञ्चार्जको मृत्यु

goli parahar

सर्लाही, ५ असार । सर्लाहीको लालबन्दीमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको छ । बिहीवार गोली हानाहान हुँदा बिप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लालबन्दीबाट लखनदेही जंगलहुँदै सिन्धुलीतर्फ दुईवटा मोटरसाइलमा सवार भएर गइरहेका ४ जनालाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो।

उनीहरुले प्रहरी माथि गोली चलाउन थालेपछि प्रहरीले पनि जवाफी कारवाही गरेको प्रहरीको दाबी छ । प्रहरीले मृतक पौडेलको साथबाट सिक्सर रिवल्भर भेटिएको जनाएको छ । ३ जना जंगलतर्फ भागेका प्रहरीको भनाई छ ।