के हो लेजर थेरापी ? जानी राखौँ यसबाट ४०० किसिमका रोग निको पर्न सकिन्छ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

के हो लेजर थेरापी ? जानी राखौँ यसबाट ४०० किसिमका रोग निको पर्न सकिन्छ (भिडियोसहित)

laser therapy

काठमाडौं, २० माघ । मानिसको उमेर सँगै हड्डि खिईने तथा नशा च्यापिने आदि विभिन्न समस्याहरु देखा पर्दछन् । यस्ता रोगलाई विकिरणका माध्यमद्वारा उपचार गर्न लेजर थेरापी (Laser Therapy) स्थापना भएको छ । लेजर थेरापीबाट क्याट्रोल,स्टिल,नशा च्यपिने, हड्डि खिईने, गर्धन, कुम, ढाड, घुँडा एंवम कुईनाको समस्या जस्ता ४ सय किसिम रोगको उपचार हुन्छ । लेजर थेरापीमा लेजर निसिनबाट निस्किएको विकिरणलाई धेरै गुणा बढाएर एकै धेरै ठाउँमा पर्ने गरि गहिराईसम्म गई सेक्ने गरिन्छ ।

यसले गर्दा पिड कम हुनुका साथै सुन्निएको घट्छ भने रक्त सञ्चालन भई शरिरका तन्तुहरुलाई नवजिवन प्राप्त हुन्छ । हाड सम्बन्धी रोगहरु रोगहरु सुन्निएको, दुखेको, खेलका दौरान हात खुट्टा मर्किएको, दुर्घटनामा हातखुट्ट भाँचिएको, हाड खिईएको , हिड्न -बस्न र चल्न गाह्रो, गर्धन, कुम-कुईना, नाडि तथा कुरकुच्चा दुखेको अवस्थामा लेजर थेरापी लापदायक सावित भएको छ ।  Laser Therapy बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले लेजर थेरापिष्ट डाक्टर सुशिला वैद्द संग गरेकाे भिडियाे हेर्नुहोस्: