पूर्वाञ्चल विश्वविद्यालयद्वारा परीक्षा शुल्कसँगै सम्बन्धन शुल्क उठाउन क्याम्पसहरूलाई उर्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पूर्वाञ्चल विश्वविद्यालयद्वारा परीक्षा शुल्कसँगै सम्बन्धन शुल्क उठाउन क्याम्पसहरूलाई उर्दी

Purbanchal_University

काठमाडौं, २१ माघ । पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन शुल्कका नाममा विद्यार्थीहरूसँग चर्को रकम असुल्न सम्बन्धन प्राप्त क्याम्पसहरूलाई निर्देशन दिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ।

विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले स्नातक तथा स्नातकोत्तरका विद्यार्थीसँग परीक्षा शुल्कसहित सम्बन्धन शुल्क पनि लिन सम्बन्धन प्राप्त क्याम्पसहरूलाई पत्राचार गरेको हो ।

विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकायअन्तर्गत बीई सिभिल, इलेक्ट्रिकल, बायो मेडिकललगायत विद्यार्थीसँग सम्बन्धन शुल्कबापत ११ हजारका दरले लिएर विश्वविद्यालयको बैंक खातामा जम्मा पार्न भनेको छ । बीई कम्प्युटरका विद्यार्थीसँग ८ हजार ५ सय तथा बीसीए, बीआईटीतर्फ ६ हजार सम्बन्धन शुल्क लिन क्याम्पसहरूलाई सर्कुलर गरिएको छ ।

परीक्षा व्यवस्थापन कार्यालयले माघ ८ गते सूचना प्रकाशित गरेर क्याम्पसहरूलाई सम्बन्धन शुल्क बुझाउन ताकेता गरेको छ । यी विषय अध्ययनरत प्रतिविद्यार्थी परीक्षा शुल्क १ हजार १ सय तोकिएको छ । परीक्षा शुल्क सम्बन्धन शुल्क बाहेकको रकम हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);