परीक्षा दिन नपाउँदा ३९१ विद्यार्थी अन्योलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

परीक्षा दिन नपाउँदा ३९१ विद्यार्थी अन्योलमा

pokhara university

काठमाडौं, १६ चैत । कलेजको लापरबाहीका कारण तीन सय ९१ विद्यार्थी परीक्षाबाट वञ्चित भएका छन्। पोखरा विश्वविद्यालयले कक्षा ११ र १२ मा न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरेका विद्यार्थीलाई मात्र व्यवस्थापन संकायको स्नातकमा भर्ना लिनू भनी दिएको निर्देशनविपरीत सम्बन्धन प्राप्त कलेजहरूले आफूखुसी भर्ना लिएपछि ती विद्यार्थीको भविष्य अन्योलमा परेको छ।

पोखरा विश्वविद्यालयका सम्बन्धन प्राप्त ४२ निजी कलेजले विश्वविद्यालयको निर्णयविपरीत ‘डी’ ग्रेड ल्याउनेहरूको समेत बिबिएमा भर्ना लिएपछि विश्वविद्यालयले रजिस्ट्रेसन फाराम स्वीकृत नगरेका कारण उनीहरू परीक्षा दिनबाट वञ्चित बनेका हुन्। शुक्रबार बिबिए प्रथम सेमेस्टरको परीक्षा थियो।

निजी कलेजका सञ्चालकहरूले आफूले भर्ना लिएका ‘डी प्लस’ ग्रेडका विद्यार्थीहरूको विश्वविद्यालयले रजिस्ट्रेसन स्वीकृत नगरेपछि शुक्रबारबाट सुरु हुने सबै परीक्षा निजी कलेजवालाहरू सुरक्षाको कारण देखाउँदै कुनै पनि परीक्षा सञ्चालन नगर्ने प्रेस विज्ञप्ति जारी गरेका थिए। त्यसपछि विश्वविद्यालयका विज्ञान तथा प्रविधि, स्वास्थ्य विज्ञान संकाय, व्यवस्थापन र मानविकी संकायका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ। पोखरा विश्वविद्यालयका विभिन्न संकायमा अध्ययनरत ३३ हजारमध्ये २५ हजार विद्यार्थी सम्बन्धन प्राप्त कलेजमै अध्ययन रहेको विश्वविद्यालयले जनाएको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);