नेकपाका ४४१ केन्द्रीय सदस्य बेरोजगार | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

काठमाडौं, १६ चैत । नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा समेत केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न सकेको छैन। गत जेठ ३ गते केन्द्रीय सदस्यको शपथ लिएका ४ सय ४१ जनाले अहिलेसम्म पार्टीको जिम्मेवारी प्राप्त गर्न सकेका छैनन्।

पार्टीको सांगठनिक एकता प्रक्रियामा ढिलाइ भएसँगै केन्द्रीय सदस्यहरू पनि भूमिका विहीन भएका हुन्। पार्टी एकता भएको ११ महिनाको अवधिमा प्रदेश कमिटीलाई पूर्णता दिनेबाहेक अन्य सांगठनिक एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन। एकता प्रक्रिया लम्बिएको भन्दै केन्द्रीय सदस्यहरूले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका छन। तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको टुंगो लाग्ने भाषण गर्दै आएको ११ महिना पुगिसकेको छ।

गत जेठ ३ गते पार्टी एकीकरण हुँदा तीन महिनाभित्र टुंगो लगाउने भनिएको एकताको काम लामो समय बितिसक्दा समेत पूर्णता पाउन सकेको छैन। पार्टी एकीकरण भएपछि सचिवालय गठन, स्थायी कमिटी, केन्द्रीय कमिटी र प्रदेश कमिटीले पूर्णता पाएको छ। तर जिल्ला कमिटीलगायतका सांगठनिक एकताको काम नसकिँदा केन्द्रीय सदस्यहरूको कार्यविभाजनसमेत कठिन बनेको छ। केन्द्रीय सदस्यहरूलाई जिल्लाको इन्चार्ज-सह–इन्चार्जको जिम्मेवारी दिने तयारी पार्टीले गरेको छ।

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);