राष्ट्रपतिले गरिन् मारवाडी समुदायको योगदानको प्रसंसा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८३, मंगलबार

राष्ट्रपतिले गरिन् मारवाडी समुदायको योगदानको प्रसंसा

rastrapati bidhya bhandari

काठमाडाैं, २९ पुस । राष्ट्रपति विद्या भण्डारीले मारबाडी समुदायले समाज सेवाको क्षेत्रमा पु¥याउँदै आएको योगदानको खुलेर प्रशंशा गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको सांस्कृतिक पर्यटन क्षेत्रको विस्तारमा मारबाडी समुदायले महत्वपूर्ण योगदान दिएको स्पष्ट पारेकी छन् ।

मारमाडी महिला मंच, काठमाडौंद्वारा आईतबार काठमाडौंमा आयोजित रजत जयन्ति महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै साधन, स्रोत जुटाएर मारबाडी समुदायले समाज सेवाको क्षेत्रमा दिएको योगदानबाट प्रेरित भएर परोपकारको क्षेत्रमा अझै सक्रीयताका साथ योगदान दिन पनि समाजका विभिन्न क्षेत्रमा कार्यरत सामाजिक संघ, संस्थाहरुलाई आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले तीर्थयात्रीहरुका लागि निःशुल्क भोजन, पानी, औषधिउपचार गराएर मारबाडी समूदायले पुण्य कमाएको बताइन् । उनले गरिव तथा जेहन्दार छात्रछात्रालाई छात्रवृत्तिको व्यवस्था तथा धर्मशाला स्थापना गरेर तीर्थयात्रीहरुलाई सहज आवासको व्यवस्था गरेर मारबाडी समुदायले समाज सेवाको क्षेत्रमा उदाहरणीय काम गरेको बताइन् ।

ताजा समाचार