काठमाडौँ, २२ पुस । कैलाश विकास बैंकले आज २५ औं वार्षिक साधारण सभाको आयोजना गर्दैछ । सो सभा बिहान साढे १० बजे अमृत भोग पार्टी प्यालेस, कालिकास्थानमा हुँदैछ ।
बैंकले सभामा १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । साथै, सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने लगायतका प्रस्तावहरूमा पनि छलफल हुनेछ । बैंकले साधारण सभा प्रयोजनका लागि पुस ६ गतेदेखि शेयरधनीदर्ता पुस्तिका बन्द गरेको छ । पुस ५ गतेसम्म बैंकको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्नेछन् ।
यो समाचार आजको अभियान दैनिकमा छापेको छ ।