एजेन्सी, २९ असोज । जोर्डन र सिरियाबीच ३ बर्ष देखी बन्द सिमा सोमबारबाट खुल्ला गरिएको छ । सिरियाको युद्व चर्किए पछि दुबै देशबीचको सिमा बन्द गरिएको थियो । खुल्ला गरिएको जबेर सिमाबाट व्यापारीहरुले सहज ढङ्गले सिमा पार गर्न थालेका छन् ।
जोर्डन र सिरियाबीच बन्द सिमा खुल्ला गर्न दुबै देशका अधिकारीहरु सहमत भएपछि ३ बर्ष पश्चात सर्वसाधारणका लागी सोमबारदेखि सिमा खोलिएको हो । सिरियाको नसिब चेकप्वाइन्ट नजिक जबेर सिमा खुल्ला गरिए पछि व्यापारीहरुले सहजरुपमा सिमा पार गरेको सिमा सुरक्षाकर्मीहरुले जनाएका छन् ।
सिमा खुलेपछि सुरुमा कम व्यक्तिहरुले सिमा पार गरे पनि पछि यो सङ्ख्या बढ्न सक्ने अधिकारीहरुको विश्वास छ । सात बर्ष पहिले सिरियाको गृहयुद्व सुरु भएको थियो । सो युद्धसुरु भएपछि सुरक्षाको कारण दर्साउँदै सिमा बन्द गरिए पनि बेलाबखत दुबैतिरका अधिकारीहरुको सहमतिमा खुल्ला गरिन्थो ।
सन् २०१५ सम्म नसिब चेकप्वाइन्टबाट बार्षिक एक अर्ब डलरको व्यापार हुन्थ्यो भने अहिले त्यो व्यापार बढ्न सक्ने त्यसमा संङ्लग्न ब्यापारीहरुको भनाइ छ । व्यापारीक कारोबारका लागि उक्त सिमाबाट टर्कि, लेवनान र खाडी मुलुकका सयांै ट्रकहरु ओहोर दोहोर गर्दा नसिब चेकप्वाइन्टले महत्वपुर्ण पारवहन मार्गको रुपमा स्थान बनाएको थियो ।
इरान र रुस सर्मथित बसर अल असदको सेनाले सिरियामा आफ्नो नियन्त्रण कायम राखेको बेला कठिन परिस्थीतीमा जोर्डन र लेबनानका व्यापारीले व्यापार गर्न डराएका थिए । ती व्यापारीहरुले व्यापारीक महत्वको उक्त बाटो २ बर्ष अघिदेखी नै खुल्ला गर्न दबाब दिंदै आएका थिए ।
तर बल्ल आएर युद्व केही मत्थर भएपछि सिमा चेकप्वाइन्ट खोल्न सम्भव भएको हो । सिरियामा अमेरिकी समर्थक विद्रोहीहरुको इडलिब शहरमा मात्र पकड रहेको र बाँकी भागमा सिरियाका सेनाले नियन्त्रणकायम राखेको हुनाले त्यहाको अवस्था पहिले भन्दा फरक भएको छ ।
युद्व अन्तिम अवस्थामा पुगेकोले व्यापारी ब्यवसायीसंगै सर्वसाधारणले पहिले जस्तै सिरीयामा वातावरण बन्ने तर्फ आशा लिएर बसेका छन् ।




