पाकिस्तान र अफगानिस्तान सिमानामा फायरिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

पाकिस्तान र अफगानिस्तान सिमानामा फायरिङ

एजेन्सी, २९ असोज । पाकिस्तान र अफगानिस्तान सिमामा दुबै देशका सुरक्षाकर्मीले फायरिङ गरेपछि तनाव उत्पन्न भएको छ । यो घट्नामा कसैको मृत्यु भएको छैन । तर गोलावारुद फयरिङपछि मैत्री ढोका बन्द गरिएको छ ।

जसका कारण सिमानाकामा पाकिस्तान र अफगानिस्तानका जनता अड्केका छन् । अफगान सैनिकले आइतबार अगरान्ह् पाकिस्तानी सेनामाथि पहिलो फयरिङ गरेपछि पाकिस्तानी सेनाले पनि जवाफमा फायरिङ गरि सिमा ढोका बन्द गरेको छ ।

यो घट्ना पछि सिमामा आहोरदोहोर गर्ने दुबै देशका जनता गन्तव्य तर्फ जान पाएका छैनन् । जसबाट उनीहरुले ठुलो कठिनाई व्यहोर्नु परेको स्थानिय संचारमाध्यमले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);