फ्रान्समा बाढिको कारण १३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

फ्रान्समा बाढिको कारण १३ जनाको मृत्यु

france flood news

एजेन्सी, ३० असोज । फ्रान्सको दक्षिण–पश्चिम क्षेत्रमा बर्षा पछि आएको बाढीमा १३ जनाको मृत्यु भएको छ । बाढी प्रभावित क्षेत्रमा सरकारले उद्धारका लागि ३ सय ५० जना अनुभवी उद्धारकर्ता परिचालन गरेको छ । बाढी पीडितलाई सहायताका लागि ९ वटा हेलिकप्टरको सहायता पनि लिइएको छ ।

फ्रान्समा एक्कासी आएको बाढीले ठुलो जनधनको क्षति भएको छ । दक्षिण–पश्चिम फ्रान्सको औड जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । ७ महिनापछि अचानक केहि घण्टा परेको वर्षाले त्यति ठुलो विनास ल्याउछ भन्ने कसैले पत्याएको थिएनन । तर, बाढीले १ दर्जन बढीको ज्यान लियो ।

नजिकै रहेको २ वटा नदी र एउटा नहरमा पानीको बहाब बढेको छ । बाढीको पानी सडक र सर्वसाधारणको घरमा सहज प्रबेश पाएपछि घरायसि सरसामनहरु पनि नष्ट भएका छन् ।

राष्ट्रपति एम्मानुएल म्याक्रोनले उद्धार कार्यमा सबै प्रकारको सहयोग गर्न सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् । उद्धारका लागि ३ सय ५० अनुभवि उद्धारकर्ता र ९ वटा हेलिकप्टर परिचालन गरिएको छ । बाढी पिडितलाई घरको छतबाट बचाउन हेलिकप्टर उपयोगी देखिएको छ ।

फ्रान्सका मानिसहरुले विना चेतवानी एक्कासि बाढी कसरी आयो भन्ने प्रश्न गर्दै यसमा सरकारको कमिकमजोरी औल्याउन थालेका छन् । ति व्यक्तिहरुले क्षतिपुर्ति बापत जिम्मेवार निकायले सघाउनु पर्ने माग पनि गरेका छन् ।

सोमबार आएको बाढीले मंगलबार पनि ताण्डब देखाउदा मानिसहरुमा छटपटि बढेको देखियो । फ्रान्समा यो बर्ष अन्य वर्षको तुलनामा गर्मी बढेको छ । तापमानमा आएको उतार चढाबले भू–मध्य सागरीय तट सँगै सागर छेउछाउमा भारी बर्षाको सम्भावना रहेको मौसम बैज्ञानिकले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);