भाषासम्बन्धि संवैधानिक व्यवस्थाको पूर्ण पालना गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

भाषासम्बन्धि संवैधानिक व्यवस्थाको पूर्ण पालना गर्न निर्देशन

Bhasa-aayog

काठमाडौं, २२ भदौ । भाषा आयोगले भाषासम्बन्धि संवैधानिक व्यवस्थाको पूर्ण पालना गर्न सरकारलाई निर्देशन दिएको छ । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले संविधानमा गरिएको व्यवस्था अनुसार भाषाको कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन् ।

शुक्रबार भाषा आयोग दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली भाषालाई नेपालको सरकारी कामकाजको भाषाको रुपमा पूर्ण प्रयोग गराउने संवैधानिक व्यवस्थालाई सरकारले पालना गर्न नसकेको बताए ।

अध्यक्ष अवस्थीले प्रदेश र स्थानीय तहमा पनि नेपाली भाषा र स्थानीय राष्ट्र भाषाको प्रयोगमा भन्दा अंग्रेजी भाषाको प्रयोग हुने गरेकोमा आपत्ति जनाए । आयोगले भाषाको आधारमा भेदभाव नगर्न पनि सबैलाई आह्वान गरेको छ ।

भाषा आयोगले सबै सरकारी कार्यालयमा दोभाषे र सांकेतिक भाषाको प्रयोग गर्न सक्ने व्यक्तिको व्यवस्था गर्न पनि सरकारलाई पटक– पटक निर्देशन दिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);