नेकपाका अध्यक्ष दाहाल र भारतीय गृहमन्त्री सिंहबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

नेकपाका अध्यक्ष दाहाल र भारतीय गृहमन्त्री सिंहबीच भेटवार्ता

dahal-singh

काठमाडौं, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय गृहमन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । तीन दिने भरत भ्रमणमा रहेका दाहाल र सिंहबीच भेटमा नेपाल–भारत सम्बन्ध र नेपालको आर्थीक समृद्धिका विषयमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष दाहालले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । दाहालले सीमा क्षेत्रमा नेपालीमाथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा भारतीय गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी घटना घट्न नदिने विश्वास दिलाएका थिए ।

त्यसअघि दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलबीच भेटवार्ता भएको थियो । दाहाल र डोभलबीच दुई देशको सम्बन्ध सुधार र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको पटक पटक नेपाल भ्रमणका अवसरमा भएको सहमतिलाई समय तालिका बनाएर कार्यान्वयन गर्नेबारे छलफल भएको थियो ।

दाहालले शनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । दाहालले शुक्रवार प्रवासी नेपालीहरुको भेटमा नेपाल र भारतबीच पछिल्लो समय विकसित भएको सम्बन्धलाई सदुपयोग गर्न सके वर्षौदेखि जेलिएर रहेका प्रवासी नेपालीका समस्याहरु सहजै समाधान हुने दाबी गरेका थिए । दाहालसँगको भेटमा दिल्लीस्थित प्रवासी नेपालीहरुका छाता संगठनका प्रतिनिधिहरुले भारतमा भोग्नु परेका समस्याहरुका बारेमा जानकारी गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);