प्रधानमन्त्री ओली र भारतीय पूर्वप्रधानमन्त्री देवेगौडाबीच भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रधानमन्त्री ओली र भारतीय पूर्वप्रधानमन्त्री देवेगौडाबीच भेट

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय पूर्व प्रधानमन्त्री एच.डी. देवेगौडाबीच आज बालुवाटारमा शिष्टाचार भेटभएको छ ।

भेटमा देवेगौंडाले नेपालले विमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री ओलीलाई बधाइ तथा धन्यवाद दिएका छन् ।

देवे गौडाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै यसले नेपाल भारत सम्बन्ध नयाँ उचाइमा पु¥याएको बताए । प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले दुई पक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको बताए।

प्रधानमन्त्री ओलीले भने “दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट खासगरी तीनवटा कुरामा उपलब्धी भएको छ । जलमार्ग, रेलमार्ग र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धी भएको छ ।”

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);