बुटवल, १५ भदौ । प्रदेश नम्वर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले अर्थतन्त्रको विकासका लागि निजी तथा सार्वजनिक पूँजीलाई प्रतिस्पर्धी बनाउनु पर्ने बताएका छन् ।
पाँच नम्बर प्रदेशले शुक्रवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले अहिलेको नीजि तथा सार्वजनिक पूँजिको साझेदारीले अर्थतन्त्रलाई चलायमान बनाउन नसक्ने भन्दै स्वतन्त्र बनाउनु पर्नेमा जोड दिए ।
त्यसैगरी कार्यक्रममा राष्ट्रिय योजना आयोगका केन्द्रिय उपाध्यक्ष डाक्टर पुष्पराज कंडेल, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठ, लगायतले धारणा राखेका थिए । उनीहरुले प्रदेश विकासका लागि सवै क्षेत्रलाई समेट्नुपर्नेमा सुझाव दिएका छन् ।