काठमाडौं, २० साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको शान, मान र विशेषतालाई सजीव ढंगले तस्वीरमा कैद गर्न फोटो पत्रकारहरुलाई सुझाव दिनु भएको छ ।
वरिष्ठ नेता नेपालले आईतबार बबरमहलस्थित आर्ट काउन्सिलमा प्रर्दशनीमा राखिएको उत्कृष्ट फोटोहरुको अवलोकन गरेपछि नेपालको शान, मान र विशेषतालाई सजीव ढंगले कैद हुनेगरी तस्वीर लिन फोटो पत्रकारहरुलाई सुझाव दिएका हुन् । उनले नेपालका फोटो पत्रकारहरु विश्व फोटो प्रर्दशनीमा पनि उत्कृष्ट हुने विश्वास्समेत व्यक्त गरे ।
फोटो पत्रकार क्लवले यस वर्षको उत्कृष्ट फोटोहरुको प्रर्दशनी आयोजना गरेको हो । गत श्रावण १६ गतेबाट सूरु गरिएको प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।