युवाहरुलाई हरेक क्षेत्रमा शिखर चुम्ने अठोटका साथ अघि बढ्न आह्वान | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

युवाहरुलाई हरेक क्षेत्रमा शिखर चुम्ने अठोटका साथ अघि बढ्न आह्वान

madhav kumar nepal

काठमाडाैं, २७ फागुन । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले युवाहरुलाई हरेक क्षेत्रमा शिखर चुम्ने अठोटका साथ अघि बढ्न आह्वान गरेका छन् ।

वरिष्ठ नेता नेपालले विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथामा पहिलो पटक पाईला राख्ने पनि नेपाली नै भएको उल्लेख गर्दै हरेक नेपाली युवाहरुले आ–आफनो क्षेत्रमा त्यसरी नै शिखर चुम्ने अठोटका साथ अघि बढनुपर्ने बताए ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालीहरुले विश्वका विभिन्न क्षेत्रमा नयाँ–नयाँ रेकर्ड राखेर मुलुकको शान र मान दुवै बढाएकोे बताए ।

वरिष्ठ नेता नेपालले इमान्दारिताका साथ काम गरे हरेक क्षेत्रमा सफलता हात पार्न सकिने पनि स्पष्ट पारे । कार्यक्रममा वरिष्ठ नेता नेपालले पार्कर खेलमा विश्व रेकर्ड कायम गर्न सफल दिनेश सुनुवारलाई सम्मान गरे ।

ताजा समाचार