मृत्यु अघि आमालाई हात हल्लाउँदै गरेको फोटो उत्कृष्ट घोषित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मृत्यु अघि आमालाई हात हल्लाउँदै गरेको फोटो उत्कृष्ट घोषित

काठमाडौं, २४ माघ । आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि नभेष चित्रकारले प्राप्त गर्नुभएको छ । फोटो पत्रकार निभेष चित्रकारको फोटो आइएमई–ग्लोबल आइएमई बैंक फोटो अफ द इयर ०७६ घोषित भएसँगै चित्रकारले उपाधि जित्नुभएको हो ।

चित्रकारले हाइड्रोसेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षिय बालक बजरंगी मिश्रले आफ्नो आमालाई मृत्यु पहिले हात हल्लाउँदै गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई बैंक फोटो अफ द इयर घोषित भएको हो ।

चित्रकार उक्त उपाधिसँगै अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान हात पार्न सफल हुनुभएको छ ।

त्यस्तै सुरज श्रेष्ठको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जितेको छ । डेली लाइफ विधामा गोपेन राई, अर्घाखाँची सिमेन्ट न्युज विधामा दिपेन श्रेष्ठ, नेचर एन्ड वाइल्ड लाइफमा नभेष चित्रकार, डिसहोम स्पोर्टस विधामा विकास द्धारे र नेप्टोस फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथम भएको छ ।

यसबाहेक दिपेन श्रेष्ठले अर्घाखाँची सिमेन्ट न्युज विधा, सुबिर थापाले सिटी एक्सप्रेस कलचर एण्ड टुरिजम विधामा जित हासिल गर्नुभएको छ । त्यस्तै सेलपे डेली लाइफमा रोविक उपाध्यायको फोटो दोस्रो तथा सुरज ताम्राकारको फोटो तेस्रो भयो ।

अर्घाखाँची सिमेन्ट न्युज विधामा एलिट जोशीको फोटो दोस्रो तथा केशव थापा तेस्रो भए । एक्सप्रेस नेपाल नेचर एन्ड वाइल्ड लाइफमा दिपेन श्रेष्ठको फोटो दोस्रो तथा दिपक बुढाथोकीको फोटो तेस्रो भयो ।

सिटी एक्सप्रेस ‘कल्चर एन्ड टुरिजममा प्रमिन मानन्धरको फोटो उपविजेता तथा रोविक उपाध्यायको फोटो तेस्रो भयो । डिसहोम स्पोर्टसमा सुनिता डंगोलको फोटो दोस्रो तथा दिनेस गोलेको फोटो तेस्रो भयो ।

‘शिखर इन्स्योरेन्स नेपाल स्माइलमा सुलभभक्त श्रेष्ठको फोटो दोस्रो तथा नभेष चित्रकारको फोटो तेस्रो भयो । त्यस्तै नेप्टोस फोटो स्टोरीमा रोविक उपाध्यायकोे फोटो दोस्रो तथा चन्द्रबहादुर आलेको फोटाहरु तेस्रो भयो ।

एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलले उत्कृष्ट फोटो छानेको हो ।

‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजनमा फोटो प्रतियोगिता फोटो पत्रकार क्लबले आयोजना गरेको हो । पुरस्कार हस्तान्तरणपछि निर्णायक मण्डलका सदस्य शेखर खरेलले ६ हजार फोटोबाट उत्कृष्ट फोटो छान्न निकै कठिन भएको बताउनुभयो ।

पिजे क्लवका अध्यक्ष विकास कार्कीले यसपटकको सफलताले आगामी दिनमा यस्तै प्रतियोगिता गर्न उत्साह थपेको बताउनुभयो । उहाँले ‘सातौं संस्करणसम्म आउँदा सहभागीहरुको सहभागीताले हौस्याएको समेत बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);