ग्लोबल आइएमई र जनता बैंक मर्ज, एकिकृत कारोबार सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ग्लोबल आइएमई र जनता बैंक मर्ज, एकिकृत कारोबार सुरु

काठमाडौं, २० मंसिर । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले एकआपसमा गाभिएर शुक्रबारदेखि एकिकृत कारोबारको सुरुवात गरेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार बिहान एकिकृत कारोबारको सुरुवात गरेपछि दुई बैंकहरुले औपचारीक रुपमा एक भएको घोषणा गरेका हुन् ।

मर्जर पछि बनेको बैंकको अध्यक्ष ग्लोबल आइएमईका चन्द्रप्रसाद ढकाल बन्नुभएको छ भने बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहनुभएको छ । बैंकको नाम भने ग्लोबल आइएमई बैंक रहेको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष ढकालले बिग मर्जरपछि ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा धेरै चुक्ता पूँजी भएको वाणिज्य बैंक भएको बताउनुभयो । उहाँले मर्जर पछि बनेको बैंक पूँजी, कर्जाजोखिम बहन क्षमता, प्रविधि लगायतका क्षेत्रबाट सबल बन्न समेत सक्षम हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बिग मर्जरपछि ग्लोबल आइएमई बैंकको चुक्तापूँजी १८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । दवै बैंकले घोषणा गरेको बोनस वितरण पछि भने बैंकको चुक्ता पूँजी २० अर्ब पुग्ने छ ।

बैंकको कुल निक्षेप २ खर्ब १३ अर्ब पुगेको छ भने कर्जा लगानी १ खर्ब ९४ अर्ब रहेको छ । त्यस्तै ३ सय शाखा कार्यालय, २ सय ५९ एटीएम, २ सय ४३ शाखारहित बैंकिङ सेवा तथा ३३ एक्सटेन्सन काउन्टरबाट बैंकले सेवा दिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);