सुनसरी, ११ साउन । सुनसरीको हरीनगर गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ४५ करोड ११ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष गफार अन्सारीले चालु खर्चतर्फ १९ करोड २९ लाख ४० हजार र पुँजिगततर्फ २५ करोड ८१ लाख ६४ हजार विनियोजन गरिएको बताए । गाउँपालिकाले विकास निर्माणको कामलाई प्रथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ ।