शहीदहरुको सम्मानमा मधेश भवन परिसरमा वृक्षारोपण | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

शहीदहरुको सम्मानमा मधेश भवन परिसरमा वृक्षारोपण

 

२०८१,९,६

मधेश प्रदेश सरकारले शहीदहरुको स्मरणमा वृक्षारोपण गरेको छ। आइतबार बिहान मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको नेतृत्वमा वृक्षारोपण कार्यक्रम भएको हो। माघ ५ गते बलिदानी दिवस मनाइएको थियो। सोही स्मरणमा आज बिहान जनकपुरको मधेश भवन परिसरमा २५ वटा वृक्षारोपण गरेको मन्त्री लेखीले बताए। उनले शहीदहरुप्रति सम्मान व्यक्त गर्दै वृक्षारोपण गरिएको बताए।

उनले भने, ‘बलिदानी दिवसको अवसरमा हामी केही दिनयता विभिन्न कार्यक्रम गर्दै आएका छौँ। आज बिहान मधेश भवन परिसरमा शहीदहरुप्रति सम्मान व्यक्त गर्दै, शहीदहरुको चीर शान्तिको कामना गर्दै मधेश भवन परिसरलाई स्वच्छ,हराभरा बनाउन वृक्षारोपण कार्यक्रम गरेका छौँ। आज २५ बिरुवा रोपेका छौँ। शहीद प्रतिष्ठानलाई समयानुकुल बनाउन व्यापकता र प्रभावकारी बनाउनुपर्छ।ु

उनले शहीद प्रतिष्ठानलाई समयानुकूल बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

Leave a Reply