चाबहिल–जोरपाटी सडक तीन वर्षदेखि अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

चाबहिल–जोरपाटी सडक तीन वर्षदेखि अस्तव्यस्त

boudha-jorpati

तेजना पण्डित
काठमाडौं, ३ साउन
। काठमाडौंको चाबहिलदेखि जोरपाटीसम्मको सडक तीन वर्षदेखि बन्न सकेको छैन । सडक अस्तव्यस्त हुँदा उक्त सडक हुँदै यात्रा गर्ने यात्रु, स्थानीयबासी र व्यसायीले सास्ती झेल्दै आएका छन् । पानी परेको बेला हिलो तथा घाम लागेका बेला धुलोका कारण उनीहरु दुर्घटनासँगै विभिन्न रोगको जोखिममा परेका छन् ।

बाटो फराकिलो गर्ने नाममा करिब तीन बर्ष अगाडि भत्काइएको चाबहिल–जोरपाटी सडक नबन्दा बाटोमा हिँडडुल गर्न निकै समस्या परेको स्थानीयबासी बताउँछन् । सो सडक हुँदै यात्रा गर्ने यात्रुले पनि दैनिकजसो सरकारलाई फलाक्ने गरेका छन् । बालबालीकाहरुलाई हिलोका कारण पैदलयात्रा गराएर विद्यालयसम्म पुर्‍याउनुपरेको समेत स्थानीय अभिभावक बताउँछन् । घाम लाग्दा धुलोका कारण रुघा, खोकी, ज्वरोजस्ता विभिन्न समस्या झेल्नुपरेको उनीहरुको गुनासो छ ।

समयमा सडक निर्माण नुहँदा स्थानीय दुई बर्षभन्दा बढी समयदेखि धुलो र हिलोको सामना गर्दै आएका छन् । यसको प्रभाव व्यापार–व्यावसायमा समेत परेको छ ।  सडकको कारण आजित भएका स्थानीयबासीले समयमै सडक मर्मत गरिदिन सरकारसँग माग गरेका छन् ।

विभिन्न बहानामा बाटो भत्काउने तर नबनाउने प्रवृत्ति सामान्यजस्तै बनेको छ । यस्तो प्रवृत्तिप्रति सरकार पनि मुकदर्शक हुने गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लाग्दा रातारात कच्ची सडकलाई पिच गरेर टल्काउने र आर्थिक वर्ष सकिन लाग्दा रातारात सुख्खा बाटोमा कालोपत्रे लिप्ने सरकारले वर्षौदेखि सर्वसाधरणले झेल्नुपरेको सास्ती कहिले देख्ने ?

boudha road

boudha road1

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);