फेक रेस्क्युको नाममा ठगी धन्दा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फेक रेस्क्युको नाममा ठगी धन्दा

fack resquaces

काठमाडौ, ४ साउन । पदयात्री पर्यटकलाई बिरामी बनाएर फेक रेस्क्यु गर्दै प्रतिपर्यटक ५० हजार डलरसम्म बिमा कम्पनी हुँदै पुनर्बिमा कम्पनीबाट असुल गर्ने गरेको रहस्य खुलेको छ ।

लामो समयदेखि ट्रेकिङ कम्पनी, गाइड, रेस्क्यु कम्पनी, हेलिकप्टर कम्पनी र अस्पतालको मिलेमतोमा फेक रेस्क्युको ठूलो धन्दा मार्फत नेपाल आउने पर्यटकलाई प्रयोग गरेर रकम असुल्ने गरेको पाइएको हो ।

जसबाट आउने ठूलो रकम भागबन्डा गर्ने गरेका छन् । नेपालमा झन्डै २ लाख पर्यटकहरु पदयात्रामा आउने गरेका छन् । जसमा ५० हजारभन्दा बढी पर्यटक उच्च भागमा पदयात्राका लागि जाने गरेका छन् । नेपालमा झन्डै २ हजार ट्रेकिङ कम्पनी सञ्चालनमा छन् ।आजको कारोबारको पहलो पृष्ठमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);