नागढुंगाबाट लागुऔषधसहित दुईजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

नागढुंगाबाट लागुऔषधसहित दुईजना पक्राउ

पौष २१ आइतबार
चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २५ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी देवानगंज गाउँपालिका(२ बस्ने ३० वर्षीय सुन्दर यादव र ३१ वर्षीय बिजय यादव रहेका छन् ।

प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको प्र।१(०१(००१ ख ४५५८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Leave a Reply

ताजा समाचार