सडक अवरुद्ध हुँदा काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

सडक अवरुद्ध हुँदा काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव

फुलमाया आले
३१ साउन, काठमाडौं । लगातारको बर्षापछि आएको बाढी र पहिरोका कारण तराईबाट राजधानी आउने सडक अवरुद्ध हुँदा काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ ।

 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज रुपमा वितरण भइरहेको दाबी गरिरहे पनि काठमाडौँ उपत्यकाका पेट्रोल पम्पहरुमा उपभोक्ताको लाइन घटेको छैन । अझ कतिपय निजी पेट्रोल पम्प त बन्द नै छन् ।

 

तेल भरिएका बाह्र सय लिटर पेट्रोल र १७ सय लिटर डिजेल रहेको ट्याङकरहरु मङ्गलबार राजधानी आइसकेकाले आपूर्तिमा समस्या नभएको निगमको भनाइ छ । तर पेट्रोलपम्पमा भने उपभोक्ताको लाइन अझै घटेको छैन ।

 

पूर्वी तराईमा बाटो भत्किए पनि रक्सौलबाट आउने बाटोमा समस्या आएको छैन । दैनिक औसत विक्री वितरणमा कमी नगरेको भन्दै विगतमा भन्दा बढी नै विक्री वितरण गरेको आयल निगमले दाबी गरेको छ ।

 

सोमबार सार्वजनिक विदाको दिनमा समेत ४ सय ९० किलोलिटर पेट्रोल र ५ सय ३६ किलोलिटर डिजेल विक्री वितरण गरेको निगमको भनाई छ । साथै मङ्गलबारबाट ६ सय ५० लिटर पेट्रोल वितरण गर्ने लक्ष्य रहेको र डिजेल माग अनुसार उपलब्ध गराउने जानकारी निगमले दिएको छ ।

 

दैनिक औसत विक्री वितरणमा कमी नगरेको आयल निगमले दाबी गरेपनि उपभोक्ताले भने निजी पेट्रोल पम्पमा पेट्रोल नपाएपछि सरकारी पम्पमा घण्टौँ लाइनमा बस्नुपरेको गुनासो गरेका छन् ।

 

आयाल निगम भन्छ– ’पेट्रोल अभाव छैन ।’तर कतिपय निजी पेट्रोल पम्पमा झुण्ड्याइएका साइनबोर्डमा लेखिएको छ,’पेट्रोल छैन ।’यता उपभोक्ता भन्दैछन्, ’पेट्रोल पाइएन’ ।

 

पेट्रोलका लागि उपभोक्ता घण्टौ लाइनमा बस्छन् तर नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अभाव नरहेको दाबी गरिरहन्छ । सरकारले पर्याप्त मात्रामा भण्डारण गर्न नसक्दा उपभोक्ताले बारम्बार एउटै समस्या भोग्नु परेको अवस्था छ ।

 

अर्कोतिर आपूर्तिमा थोरैमात्र समस्या पर्ने देखिएपछि तेल लुकाउने कतिपय पेट्रोल पम्पको बद्मासीका कारण पनि उपभोक्ताहरुले व्यर्थमा सास्ती खेप्नुपरेको छ । त्यसैले यस्ता समस्या सम्बोधनका लागि सरोकारवाला निकाय इमान्दार गम्भीर बन्न जरुरी छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);