इन्धन भन्डारण पर्याप्त नहुँदा उपभोक्तालाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौं, ३२ साउन । मुलुकमा इन्धन भन्डारण क्षमता पर्याप्त नहुँदा उपभोक्ताले पटक–पटक सास्ती भोग्नुपरेको छ। नेपाल आयल निगमसँग इन्धन भन्डारण गर्ने क्षमता कम हुँदा नाकाबन्दी, बाढीपहिरो, बन्द हड्ताल, अन्दोलन जस्ता कारणले उपभोक्ताले इन्धनको अभाव खेप्नुपरेको हो।

इन्धन आपूर्तिमा अवरोध भए हाल निगमसँग पाँचदेखि सात दिनलाई मात्रै पुग्ने इन्धन भन्डारण रहेको छ। जसले उपभोक्ताले पटकपटक इन्धनको अभाव भोग्नुपरेको हो। अहिले तराईका जिल्लामा आएको बाढीका कारण सडक अबरुद्ध हुँदा राजधानीका उपभोक्ताले पुनः इन्धनको अभाव भोग्नुपरेको छ।

निगमसँग काठमाडौं, अमलेखगन्ज, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी र दीपायलका भन्डारण गृहमा गरेर ७१ हजार ६ सय २२ किलोलिटर मौज्दात राख्ने क्षमता छ । जसमा पेट्रोल ५ हजार १ सय ८४ किलोलिटर, डिजेल ४२ हजार ४ सय र हवाई इन्धन ८ हजार ४ सय किलोलिटर भन्डारण क्षमता छ।

आपूर्ति मन्त्रालयका सहायक प्रवक्ता बाबुराम भुषाल इन्धन भन्डारण क्षमता कम हुँदा बेला–बेला उपभोक्ताले अभाव खेप्नुपरेको बताउँछन्। “इन्धनको भन्डारण क्षमता कम हुँदा आपूर्तिमा सामान्य अवरोध हुनासाथ बजारमा अभाव हुन्छ,” उनले भने, “जुनसुकै बेला बजारमा इन्धनको आपूर्ति सहज बनाउन तीन महिनालाई पुग्ने भन्डारण क्षमता बढाउनुपर्छ।” आजको कारोबार दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);