मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८३, शनिबार

उर्लाबारी, ३२ साउन । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गएराति मोरङको बेलबारीमा एक युवकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा बेलाबारी–९ का ३२ वर्षीय समिर कार्की रहेका छन्। बेलबारी–९ स्थित भित्री सडकखण्डमा को २० प ३८३० नं को मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठक्कर खान पुग्दा चालक कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो। रासस

ताजा समाचार