देशभर बदली र वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी भू–भागमा भारी वर्षा हुनसक्ने | ईमाउण्टेन समाचार

Our Network

साउन २७ २०८३, बिहीबार

देशभर बदली र वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी भू–भागमा भारी वर्षा हुनसक्ने

काठमाडौँ । देशका विभिन्न भू–भागमा आज मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाकाअनुसार आज दिउँसो देशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरू तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । तराई क्षेत्रका हकमा मधेस, कोशी, वागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply