ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पद छाड्ने | ईमाउण्टेन समाचार

Our Network

साउन २७ २०८३, बिहीबार

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पद छाड्ने

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले आगामी अगस्टको अन्त्यमा आफ्नो पद त्याग गर्ने घोषणा गर्नुभएको छ । बुधवार सामाजिक सञ्जालमार्फत यसको जानकारी दिँदै राष्ट्रपति ट्रम्पले लेभिटले आफ्ना साना सन्तान र परिवारसँग बढी समय बिताउनका लागि यो निर्णय लिएको बताउनु भयो । प्रेस सचिवको जिम्मेवारीबाट बाहिरिए पनि लेभिट ट्रम्पको टिममा सक्रिय रहने उल्लेख गरिएको छ । राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, ‘क्यारोलिन अब मेरो मुख्य वाह्य सल्लाहकार र रिपब्लिकन पार्टीको एक प्रभावशाली आवाजको रूपमा रहनेछिन् । आगामी मध्यावधि निर्वाचनमा ऐतिहासिक जित हासिल गर्ने हाम्रो लक्ष्यमा उहाँको भूमिका महत्वपूर्ण हुनेछ ।’
क्यारोलिन लेभिट ह्वाइट हाउसको प्रेस सचिवको रूपमा सेवा गर्ने अहिलेसम्मकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन् ।

Leave a Reply