शोक प्रस्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

शोक प्रस्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठक

काठमाडाैं । शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आईतवार सिंहदरबारमा बसेको चालु अधिवेशको पहिलो बैठक शोक प्रस्ताव पारित गरेको सकिएको हो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभयो । साथै राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव  प्रस्तुत गर्नुभयो । प्रस्तावलाई सभाले सर्वसम्मत पारित गर्दै उहाँको निधनमा एक मिनेट मौनधारण समेत गर्यो ।

शोक प्रश्ताव पारित भएसँगै राष्ट्रिय सभाको अर्को बैठक माघ ९ गतेका लागि बोलाइएको छ ।

Leave a Reply

ताजा समाचार