काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बैठक बस्न लागेको हो ।
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । एनसेल खरिद बिक्रि प्रक्रियामा देखिएको विवादका विषयमा पनि बैठकमा छलफल गर्ने बुझिएको छ ।