एनसेलको ‘अपार करछलि’को गहिरो अनुसन्धान आवश्यक : विश्वप्रकाश शर्मा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

एनसेलको ‘अपार करछलि’को गहिरो अनुसन्धान आवश्यक : विश्वप्रकाश शर्मा

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एनसेलको खरिद बिक्रि शंकास्पद रहेको टिप्पणी गरेका छन् । ६ वर्षपछि सरकारको स्वामित्वमा आउन लागेको एनसेलको खरिद बिक्रि माथी शर्माले आशंका गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत शर्माले एनसेल खरिद बिक्रि रोकेर ‘अपार करछलि’गहिरो अनुसन्धान आवश्यक रहेको उल्लेख गरेका छन् ।

“६ बर्षपछि सरकारको स्वामित्वमा आउन लागेको एनसेलको ‘खरिदबिक्री’शंकास्पद छ यसलाई रोकेर यो ‘अपार करछलि’को गहिरो अनुसन्धान जरुरी छ ! अनियमितता विरुद्ध सम्पुर्ण एकताको दृस्टीसाथ, सरकार, प्रतिपक्ष, मिडिया र नागरिक सम्पुर्ण रुपले एकढिक्का उभिने संकेत सकारात्मक छ ।”–उनले लेखेका छन् ।

बाह्य लगानीलाई नेपालमा सहज वातावरण नरहेको आक्षेप खारेज गर्न संगठितरुपमा पहल गर्नुपर्नेमा उनले जोड दिएका छन् । अत्यावश्यक ऐन संशोधन र परिमार्जन गरेर कार्यान्वयनमा नल्याउनुको कमजोरी आत्मसात गर्दै जवाफदेहीपुर्ण ढंगले कार्य गर्नुपर्ने उनको भनाइ छ । उनले लेखेका छन्,“बाह्य लगानीको थप सुरक्षीत वातावरण निर्माण गर्दै सकारात्मक सन्देश सम्प्रेषण गरौं ।”

एनसेलले पुँजिगत लाभकर नतिर्ने प्रपन्च गर्दा त्यतिबेला आफुहरुले अघि बढाएको अभियान ‘नो ट्याक्स नो एनसेल’ चलाएपछि दबाब र मुद्दापछि अन्ततः एनसेल झुक्न बाध्य भएको पनि स्मरण गराएका छन् । महामन्त्री शर्माले अहिले पनि एनसेल प्रकरणमा सरकार र दलहरू कठोर हुन जरुरी रहेको उल्लेख गर्दै जनदबाब दिनुपर्ने तर्क गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);