एजेन्सी । आफनो आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले जी सेभेन बैठकको निन्दा गरेको छ ।
जी सेभेनका सदस्य राष्ट्र रहेको विदेशमन्त्रीहरुको बैठक जापानको रिसोर्ट सहर कारुइजावामा भएको थियो । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनको नितिप्रति बैठकमा सहभागी राष्ट्रले खण्डन गरेको भन्दै आपत्ति जनाउनुभएको हो । जी सेभेन बैठक अन्र्तगत पहिलो चरणमा भएको बैठकमा ताइवानको पूर्वी तथा दक्षिण चीन सागर, सिनजियाङ र तिब्बतसँग सम्बन्धित मुद्दाहरूको बारेमा छलफल गरेको भन्दै चीन आक्रोशित बनेको हो ।
ताइवान आफ्नो भुमि भएको दोहोत्याउदै चीनले उक्त विषयमा बाहिरी हस्तक्षेप सह्य नहुने भन्दै चेतावनी समेत दिएको छ । देशहरूले शान्ति र स्थायित्व कायम गर्न क्षेत्रीय देशहरूको प्रयासलाई इमानदारीपूर्वक सम्मान गर्नुपर्ने भन्दै जी सेभेन गठन भएको हो । जसमा फ्रान्स, जर्मनी ,इटली ,क्यानाडा, जापान अमेरिका र बेलायत रहेका छन् ।