माओवादीले ३२ सांसदबाट करिब ४ लाख मासिक लेबी उठाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

माओवादीले ३२ सांसदबाट करिब ४ लाख मासिक लेबी उठाउने

maoist

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सांसदहरुबाट मासिक ३ लाख ८३ हजार रुपैयाँ लेबी उठाउने भएको छ ।

गत पुस ७ गते बसेको पार्टीको पदाधिकारी बैठकले प्रतिनिधि सभाका सदस्यहरुबाट मासिक जनही १२ हजार रुपैयाँका दरले ३२ सांसदबाट उक्त लेबी उठाउने निर्णय गरेको हो ।

पार्टीले राष्ट्रिय सभाका सांसदबाट पनि मासिक १ लाख ८० हजार रुपैयाँ उठाउने भएको छ । राष्ट्रिय सभामा माओवादीका १५ सांसद निर्वाचित भएका छन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पार्टीले मासिक ५ लाख ६४ हजार रुपैयाँ उठाउने भएको छ ।

यसैगरी, प्रदेशहरुबाट उठेको लेबी ८० प्रतिशत सम्बन्धित प्रदेशमा राख्ने र बाँकी २० प्रतिशत लेबी केन्द्रीय कार्यालयमा पठाउने निर्णय समेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);