शक्ति बाँडफाँटबारे देउवा,प्रचण्ड र नेपाल छलफलमा, आजै लाग्ला त टुंगो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

शक्ति बाँडफाँटबारे देउवा,प्रचण्ड र नेपाल छलफलमा, आजै लाग्ला त टुंगो ?

काठमाडौं । नयाँ सरकार गठनका लागि गठबन्धनमा सहमति जुटाउन बालुवाटारमा सत्तागठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहँदा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल पनि पुगेका छन् ।

गठबन्धनका शीर्ष तीन नेताहरुबीच आज भएको छलफलको आधारमा सहमति हुने नेताहरुले बताइरहेका छन् । सत्तारुढ गठबन्धन आवद्ध दलहरुले आन्तरिक तथा द्वियपक्षीय र त्रिपक्षीय छलफल गरिरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारका गठनका लागि दिएको पहिलो चरणको समय आज सकिदै छ ।

आज साझ ५ बजेसम्म समयसीमा सकिने भएकोले दलहरु सहमति जुटाउने अन्तिम प्रयासमा लागेका छन् ।

कांग्रेस र माओवादीले नयाँ सरकारको पहिलो चरणको नेतृत्व आफुले गर्ने अडान लिएपछि गठबन्धनमा सहमति जुट्न नसकेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);