गठबन्धनमा रास्वपालाई पनि समेटौं : महामन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गठबन्धनमा रास्वपालाई पनि समेटौं : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गठबन्धनमा समेट्नुपर्ने टिप्पणी गरेका छन् ।

नयाँ सरकारबारे शीर्ष नेताहरुबीच घनिभुत छलफल भइरहँदा शर्माले सामाजिक सञ्जालमा आज एक स्ट्याटस पोस्ट गर्दै गठबन्धन कायम राख्दै सत्तामा अनुभवी र नयाँको संयोजन गर्नुपर्ने तर्क गरेका हुुन् ।

कुनै पनि दलको बहुमत नभएको र गठबन्धनबाट पनि सामान्य बहुमत नपाएको स्थितिमा शर्माले लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्रको आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीले क्रमशः २/२ र एक वर्ष सरकारको नेतृत्व गरेर जानु मै हित हुने भन्दै उनले कार्यान्वयनको पक्षमा पारदर्शी र एकता उत्तिकै जरुरी रहेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);