काठमाडौं । नेकपा एमालेले जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई समर्थन गरेको छ । नवलपरासी–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका त्रिपाठीलाई समर्थन गर्दै एमालेले आफ्ना उम्मेदवार सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी फिर्ता लिएको हो । यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा त्रिपाठी नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेर निर्वाचित भएका थिए । नवलपरासी-१ मा नेपाली कांग्रेसका उम्मेदवार उद्योगी विनोद चौधरी छन् । उनलाई सत्तारुढ गठबन्धनमा रहेका दलहरुको साथ छ ।
हृदयेश त्रिपाठीलाई एमालेको समर्थन
ताजा समाचार
तीन खेलको सिरिजसहित नेपाल फाइभ के च्यालेन्ज हुने
९ घन्टा अघि
उपत्यकामा सवारीसाधनको स्थलगत प्रदुषण परीक्षण
११ घन्टा अघि




