स्वीट्जरल्यान्डबाट नेपालका लागि ८० लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामाग्री सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्वीट्जरल्यान्डबाट नेपालका लागि ८० लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । कोरोना महामारीविरुद्ध लड्नका लागि स्वीट्जरल्यान्डले नेपाललाई ८० लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ । विशेष कार्गो विमानबाट ल्याइएका स्वास्थ्य सामाग्री शनिबार विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आईपुगेको हो ।

सो सामाग्री नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत एलिजबेथ क्यापेलारले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेको हो । स्वीट्जरल्यान्डबाट आएका कुल ३० टन बराबरको स्वास्थ्य सामाग्रीमा भेण्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, एन्टिजेन किट, मास्क, पञ्जा र पीपीई रहेका छन् ।

परराष्ट्र मन्त्रालयले ट्वीटर मार्फत् स्वीट्जरल्यान्ड सरकारलाई कृतज्ञता ज्ञापन गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);