वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

धनगढी, १४ मंसिर । कैलालीको क्षेत्र नम्बर २ को क का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहले आगजनी गरेका छन्। कैलालीको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा१६च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो।

थापा वाम गठबन्धनका साझा उम्मेदवार हुन्। गाडीको अगाडिको भागमा क्षति पुगेको छ । आगजनी कसले र किन गर्यो भन्नेबारे थाहा नभएपछि विप्लब समुहले चुनाव भाँड्ने उद्देश्यले आगजनी गरेको हुनसक्ने स्थानीयले बताएका छन्। गाडीमा आगजनी गर्ने समुहकको तिब्र खोजी भईरहेको प्रहरीले जनाएको छ।