शशांकको चुनावी प्रचारमा प्रयोग गरिएको कारमा आगजनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कावासोती, १८ मंसिर । कांग्रेस महामन्त्री तथा कांग्रेस उम्मेदवार शशांक कोइरालाको प्रचारमा प्रयोग गरिएको एउटा कारमा अज्ञात समूहले आगजनी गरेको छ। नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार कोइरालाको प्रचारमा प्रयोग गरिएको नवलपुरको देवचुलीका लालकुमार श्रेष्ठको कारमा गएराति आगजनी भएको हो ।

घरमा पार्किङ गरिएको कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । आगजनी गरेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । नवलपुर १ का कांग्रेस महामन्त्रीसमेत रहेका शशांक कोइरालासाग वाम गठबन्धनबाट माओवादीका भविश्वर पराजुली प्रतिस्पर्धामा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);