काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७ हजार ६ सय ८९ परीक्षण हुँदा ३२ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ५ सय ६५ पीसीआर परीक्षण मध्ये २ हजार ४ सय ५६ संक्रमण र ६ हजार १ सय २४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ मा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ९ सय २९ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८७ हजार ६९ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २७ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा १० हजार ३ सय ५४ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।
हाल नेपालमा ३९ हजार ८ सय ७१ सक्रिय संक्रमितहरु रहेका छन् ।




