टोकियो ओलम्पिक फुटबल अन्तर्गत स्वर्ण दावेदार फ्रान्स पहिलो खेलमै स्तब्ध | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८१, सोमबार

टोकियो ओलम्पिक फुटबल अन्तर्गत स्वर्ण दावेदार फ्रान्स पहिलो खेलमै स्तब्ध

एजेन्सी । टोकियो ओलम्पिक फुटबलमा फ्रान्स पहिलो खेलमा नै स्तब्ध भएको छ । ओलम्पिकको आफ्नो पहिलो खेलमा स्वर्ण पदक दावेदार टोली फ्रान्स मेक्सिकोसँग चार एक गोल अन्तरले पराजित भएको हो ।

फ्रान्सको २३ बर्ष मुनिको टिममाथि प्रभावशाली जित दिलाउनका लागि मेक्सिकोका एर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डाभा, कार्लोस एन्टुना र इडुआर्डो एगुएरेले एक एक गोल गरे । फ्रान्सका लागि एकगोल आन्द्रे पिएरेले गरेका थिए । पहिलो हाफ गोल रहित बराबरी भएको खेलमा सबै गोल दास्रो हाफमा मात्र सम्भव भएको थियो ।

यो जितपछि समुह ए मा रहेको मेक्सिकोले तीनअंक बनाएको छ । दोश्रो खेलमा स्पेनको २३ बर्ष मुनिको टिमले इजिप्टसँग गोलरहित बराबरी खेल्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);