टोकियो ओलम्पिक : पुरुष फुटबलको क्वार्टरफाइनल समीकरण पूरा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

टोकियो ओलम्पिक : पुरुष फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

tokyo olympics

एजेन्सी । टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

टोकियो ओलम्पिक २०२० को पुरुष फुटबलमा समूह ’डी’ अन्तर्गत अघिल्लो विजेता ब्राजिल समूहका पहिलो भएर अन्तिम ८ मा पुगेपछि क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।

प्रतियोगितामा स्वर्ण पदकका दावेदार जर्मनी, फ्रान्स र अर्जेन्टिना भने अन्तिम ८ मा स्थान बनाउन असफल भएका छन् । समूह ‘ए’ बाट जापान शतप्रतिशत जित निकाल्दै विजेता र मेक्सिको ६ अंक जोडेर समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा पुगेका छन् ।

समूह ‘बी’ बाट दक्षिण कोरिया विजेता तथा न्युजिल्यान्ड उपविजेता, समूह सीबाट स्पेन विजेता र इजिप्ट उपविजेता भएर क्वार्टर फाइनलमा पुगेका छन् ।

समूह ’डी’ बाट ब्राजिल र आइभोरी कोस्ट क्वार्टरफाइनलमा पुगेका छन् ।

क्वार्टर फाइनलमा स्पेन र आइभोरी कोस्ट, जापान र न्युजिल्यान्ड, ब्राजिल र इजिप्ट तथा दक्षिण कोरिया र मेक्सिको बीच शनिबार प्रतिस्पर्धा हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);