असिम पौडेल,
कास्की । पोखरामा लागुऔषध सहित दुई जना पक्राउ पोखरा महानगरपालिका वडा नं –११ तुलसी मार्गमा चेक जाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीको टोलीले अपाचे मोटरसाइकलसहित दुई जनालाई खैरो रङको झोलाभित्र लुकाई राखेको ५३५ ग्राम गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमाल जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं-११ रामघाट बस्ने वर्ष २९ का विकास नेपाली र रामेछाप रामपुर गाउँपालिका –५ घर भइ हाल पोखरा महानगरपालिका वडा नं- ५ जिरो किलोमिटर बस्ने ३३ बर्षीय चन्द्र बहादुर तामाङ रहेका छन् ।
पक्राउ परेका उनीहरु विरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइने प्रवक्ता हमालले जानकारी बताए ।