पहिरोले पाल्पाका अधिकांस सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पहिरोले पाल्पाका अधिकांस सडक अवरुद्ध

प्रकाश नेपाल,

पाल्पा । अविरल वर्षासँगै खसेको पहिरोले पाल्पाका अधिकांस सडकहरु अवरुद्ध बनेका छन् । शनिबारदेखि निरन्तर परेको वर्षाका कारण पहिरो खस्न पुग्दा सिद्धार्थ राजमार्ग सहित जिल्लाका भित्री सडकहरु अवरुद्ध बनेका हुन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड मंगलबारदेखि पूर्ण रुपमा अवरुद्ध रहेको छ । पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै माथिबाट खसेको पहिरोले सडक नै बगाएपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । डुम्रे खोलाको बहाव बढेको र माथिबाट खसेको पहिरोले ५० मिटर सडक नै बगाएको छ । खोला बढ्दै गएपछि तल्लो भागबाट कटान सुरु गरेको र माथिबाट पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

निरन्तर अविरल वर्षा भइरहेकाले सडक बनाउने काममा समस्या उत्पन्न भएको छ । राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधनका चालक र यात्रु भने अलपत्र परेका छन् । बुटवलदेखि पाल्पा हुँदै स्याङजा पोखरा र गुल्मी बागलुङतर्फ जाने गाडीहरु बिचमै रोकिएका छन् ।

तिनाउ खोलामा बाढीले सतह पार गरेको छ खोलामा आएको बाढीले दायााँबायाँ भागमा कटान गर्दा खेतीयोग्य जमिनमा समेत क्षति पुगेको छ ।

यस्तै तानसेन–रिडि खण्डको हार्थोक, मालमुल लगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले रिडी–तम्घास र रिडी–वामीटक्सार खण्ड पनि अवरुद्ध छ । जिल्लाको रामपुर, पूर्वखोला, रम्भा, बगनासकालीका अधिकांस सडक अवरुद्ध रहेको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);