पाेखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको चयनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि दिएको तीनदिनको समय आज सकिन लागेको हो ।
प्रदेश प्रमुखले दिएको समयसीमा आज दिउँसो ४ बजे सकिने भएपनि अझैसम्म कुनै दलहरुले बहुमत जुटाउन सकिरहेका छैनन् । प्रदेश प्रमुखले दिएको समयसीमा भित्र दलहरूले बहुमत पुर्याएर नयाँ मुख्यमन्त्रीको नाम सिफारिस गर्नुपर्ने छ ।
६० सदस्यीय प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन् । जसमा नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ ।