काठमाडौं, २९ चैत। प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसकोे पदाधिकारी बैठक आज बस्दैछ ।
सभापति शेरबहादुर देउवाको आह्वानमा पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेपछि बैठक बस्न लागेको हो ।
बैठकमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारीलगाएतका नेताहरुको सहभागिता रहने बताइएको छ । बैठकमा सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय गर्ने विषयमा छलफल हुने बताइएको छ ।
साथै माओवादी केन्द्र र जसपासँग सत्तासमीकरणका लागि भइरहेको छलफलको समीक्षा तथा थप रणनीति तय गर्ने जनाइएको छ ।
यसअघि कांग्रेसले शुक्रवारको केन्द्रीय समिति रोकेर तीन दलको बैठक राखेको थियो । देउवा निवास बुढानिलकण्ठमा बसेको तीन दलको बैठकमा जनता समाजवादी पार्टी नयाँ सरकार गठनमा सकारात्मक देखिएको थियो । यद्यपि यसबारे जसपाले कुनै निर्णय भने गरिसकेको छैन ।
बैठकमा नयाँ सरकार गठनका लागि कांग्रेसको अग्रसरताको विषयमा पनि छलफल हुने बताइएको छ ।