काठमाडौँ, २० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनलाई कांग्रेसले अपवित्र भनेकोप्रति आपत्ती जनाएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले वाम गठबन्धनबाट आत्तिएर कांग्रेसले प्रतिक्रिया दिएको टिप्पणी समेत गरेका छन् । वाम गठबन्धन कांग्रेसलाई हराउन वा निर्वाचनमा बहुमत ल्याउनका लागि नभएको भन्दै ओलीले गठबन्धन मुलुकको समृद्धिका लागि भएको दाबी गरेका छन् ।
वाम गठबन्धनलाई कसैले विगार्न नसक्ने भन्दै ओलीले गठबन्धनलाई बिगार्न खोज्ने आफै सकिने चेतावनी पनि दिएका छन् ।