प्रथम पटेर्वासुगौली गोल्ड कपको आजको खेलमा बीरगंज यूनाईटेडद्वारा जित हाँसिल | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

प्रथम पटेर्वासुगौली गोल्ड कपको आजको खेलमा बीरगंज यूनाईटेडद्वारा जित हाँसिल

बीरगञ्ज, १८ माघ । पटेर्वासुगौली वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्ड कपको आजको खेलमा बीरगंज यूनाईटेडले जित हासिल गरेको छ ।

बीरगंज यूनाईटेड र जिल्ला फूटबल संघ बारालाई ०/२ गोलले जित हासिल गरेको हो। पहिलो हाफमा अगाडी बीरगंजका जर्सी नं १४ का कृपा चौधरीले पहिलो गोल गरी टिमलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा बीरगंजका जर्सी नं १२ चतुर्धन चौधरीले अर्को गोल गरी बिजय सुनिश्चित गरेका थिए। आजको खेलमा जिल्ला फूटबल संघ बाराको जर्सी नं ११ का देवमणी चौधरी मैन अफ दि म्याच घोषित भएका थिए।

भोलीको खेल आयोजक संस्था समता समाज नेपाल निचुटा पर्सा र गढी माई यूथ एकाडेमी अपौनी पर्सा बीच हुने आयोजक संस्थाले जनाएको छ।

Leave a Reply